Jeremiah 7:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले तिमीहरूलाई यसो भनेको थिएँ, मेरो कुरा मान र मेरो आज्ञाअनुसार आफ्‍ना जीवन बिताओ। त्‍यसो भए तिमीहरूलाई भलाइ हुनेछ, म तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ: मेरो आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। जुन मार्गका विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु ती सबैमा हिँड, ताकि तिमीहरूको भलो होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले तिनीहरूलाई यो आज्ञा दिएँ: मेरा आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु; अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। मैले तिमीहरूलाई दिएको आज्ञाअनुसार सबै मार्गहरूमा हिँड, ताकि तिमीहरूको भलो होस्।
Nepali ERV (पवित्र बाइबल)
मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’