Jeremiah 7:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले मेरा कुरा मानेनन्, त्यसमा केही ध्यान दिएनन्। त्यसका सट्टामा तिनीहरूले आफ्ना अट्टेरीपन र दुष्ट हृदयका इच्छाअनुसार काम गरिहिंडे। त्यसरी तिनीहरू अझै दुष्ट हुँदैगए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले आज्ञापालन गरेनन् न त तिनीहरूले ध्यान नै दिए। त्यसको सट्टा तिनीहरू आफ्नै दुष्ट हृदयको अटेरीपनामा हिँड्दैरहे। तिनीहरू पछि हटे, अगि बढ़ेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले आज्ञापालन गरेनन्, न त ध्यान नै दिए। त्यसका सट्टामा तिनीहरू आफ्ना दुष्ट हृदयका हठी इच्छाअनुसार हिँडे। तिनीहरू मबाट धेरै टाढा गए, र तिनीहरूले आफ्ना पिठिउँ मतिर फर्काए।
Nepali ERV (पवित्र बाइबल)
“तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन वरू पछि सरे।