Jeremiah 7:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देश उजाड हुनेछ। यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा म हर्ष र आनन्‍दको सोर र बिहेको भोजको रमाहटको आवाज मेटिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूबाट हर्ष र आनन्‍दको आवाज, दुलहा र दुलहीको सोर खतम गरिदिनेछु, किनकि देश उजाड़ हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूमा हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको सोर अन्त्य गरिदिनेछु; किनकि देश उजाड हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”