Jeremiah 7:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परदेशी, टुहुरा-टुहुरीहरू र विधवाहरूबाट अनुचित लाभ नउठाओ। यो देशमा निर्दोष रगत नबगाओ। बिराना देवताहरूको पूजा गर्न छोड, तिनीहरूले तिमीहरूको नाश मात्र पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्नै हानिको निम्ति अरू देवताहरूका पछि लागेनौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले यस ठाउँमा विदेशीहरूमाथि, टुहुरा-टुहुरीहरूमाथि, र विधवाहरूमाथि अत्याचार गरेनौ भने वा निर्दोषहरूको रगत बगाएनौ भने, र आफ्नै खराबीका निम्ति अरू देवी-देवताहरूका पछि लागेनौ भने,
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू परदेशीहरूसँग इमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्न पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुयायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्।