Jeremiah 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यस बेला शत्रुहरूले यहूदाका राजाहरू र भारदारहरूका साथ पूजाहारीहरू, अगमवक्ताहरू र अरू यरूशलेमबासीहरूका हाडहरू चिहानबाट निकाल्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु भन्‍नुहुन्‍छ, त्‍यस बेला यहूदाका राजाहरू र अधिकारीहरूका हाड़हरू, पूजाहारीहरू र अगमवक्ताहरूका हाड़हरू र यरूशलेमका बासिन्‍दाहरूका हाड़हरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘याहवेह घोषणा गर्नुहुन्छ: त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरू, पुजारीहरू र अगमवक्ताहरूका हड्डीहरू र यरूशलेमका मानिसहरूका हड्डीहरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यो सन्देश परमेश्वरबाट आएको हो “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्।