Jeremiah 8:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिनीहरूका स्‍वास्‍नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतबारी अर्कै मालिकहरूलाई दिनेछु। ठूला-साना सबैले अधर्मले धन कमाउन चेष्‍टा गर्दछन्। अगमवक्ता र पूजाहारीहरूले पनि मानिसहरूलाई ठग्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म तिनीहरूका पत्‍नी अरूहरूलाई र तिनीहरूका खेत नयाँ मालिकहरूलाई दिनेछु। सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धनसम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिनीहरूका पत्नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतहरू नयाँ मालिकलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ताहरू र पुजारीहरूसमेत सबैले छल गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।