Jeremiah 8:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरूले अन्‍न बटुलेझैँ म मेरा प्रजालाई बटुल्‍न चाहन्‍थें तर तिनीहरू दाखबिनाका दाखका बोटहरू र फलबिनाका नेभाराका बोटहरूझैँ छन्। तिनीहरूका पातहरूसमेत सुकिसकेका छन्। यसकारण मैले तिनीहरूलाई जे जति दिएँ, ती सबै तिनीहरूका हातबाट खोसिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘म तिनीहरूका फसल लैजानेछु, परमप्रभु भन्‍नुहुन्‍छ। दाखको बोटमा दाख हुनेछैन, न त अञ्‍जीरको बोटमा अञ्‍जीर हुनेछ। तिनका पातहरू पनि ओइलाइहाल्‍नेछन्‌। मैले तिनीहरूलाई दिएको पनि तिनीहरूदेखि खोसिनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘याहवेह घोषणा गर्नुहुन्छ: म तिनीहरूका फसलहरू लैजानेछु। दाखका बोटहरूमा अङ्‌गुरहरू हुनेछैनन्। नेभाराको बोटमा फल हुनेछैन; अनि तिनीहरूका पातहरू ओइलाउनेछन्। मैले तिनीहरूलाई जे जति दिएको छु, ती तिनीहरूबाट खोसिनेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “म तिनीहरूका अन्नबलि लैजानेछु। झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूक्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।