Jeremiah 8:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा शत्रुहरू दानको सहरमा आइपुगे, तिनीहरूका घोडा हिंडाएको हामी सुन्दछौं। ती घोडाहरू हिन्हिनाउँदा सबै देश थर्कमान हुँदछ। तिनीहरू हाम्रा देश, त्यहाँ भएका सबै थोक, हाम्रा सहर र त्यहाँका सबै बासिन्दाहरू नाश पार्नलाई आएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शत्रुहरूका घोड़ाहरूका स्वाँ-स्वाँ गर्ने आवाज दानबाट सुनियो, उनीहरूका जवान घोड़ाहरूका हिनहिनाइको आवाज सुन्दा सारा देश नै काम्दछ। उनीहरूले देश र त्यसमा भएका सबै थोकलाई, सहर र त्यसमा बस्ने सबैलाई निलिहाल्न आएका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानबाट शत्रुका घोडाहरूका आवाज सुनिँदैछ। तिनीहरूका घोडाहरूको हिनहिनाएको आवाजमा सारा देश थरथर काम्दछ। तिनीहरू देश र त्यसमा भएका हरेक कुराहरू, सहर र त्यहाँ बस्ने सबै मानिसहरूलाई नाश गर्न आएका छन्।
Nepali ERV (पवित्र बाइबल)
दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज हामी सुन्छौ। घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ। यो जमीन र यसमा भएका प्रत्येक वस्तु नष्ट पार्न शत्रुहरू आएका छन्। तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू ध्वंस पार्न आएका छन्।