Jeremiah 8:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “होशियार होओ! म तिमीहरूका बीचमा सर्पहरू पठाउनेछु, विषालु सर्पहरू, जसलाई मन्‍त्र-तन्‍त्रले छुँदैन। तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर, म विषालु सर्पहरू तिमीहरूका बीचमा पठाउनेछु, सर्पहरू जसलाई कुनै मन्‍त्रतन्‍त्र लाग्‍दैन, र तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर, म तिमीहरूका बीचमा विषालु सर्पहरू पठाउनेछु। त्यस्ता सर्पहरू जसलाई वशमा पार्न सकिँदैन; अनि तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हेर, म तिमीलाई आक्रमण गराउन विषालु साँपहरू पठाउँदैछु। ती साँपहरूलाई नियन्त्रणमा राख्नु सकिदैन। तिनीहरूले तिमीलाई डस्नेछन्।” यो सन्देश परमप्रभुको हो।