Jeremiah 8:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन, सारा देशमा मेरा प्रजाले दु:खले यसरी पुकारा गरिरहेको म सुन्दछु, “के परमप्रभु अब सियोनमा हुनुहुन्न? के त्यहाँका राजा अब छैनन्?” परमप्रभु तिमीहरूका राजाले यस्तो उत्तर दिनुहुन्छ, “किन मूर्तिपूजा गरेर अनि आफ्ना बेकामका बिराना देवतालाई ढोगेर तिमीहरूले मलाई रिस उठाउँछौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टाढ़ाको देशबाट आएको मेरो प्रजाको रुवाइ सुन्नुहोस्: “के परमप्रभु सियोनमा हुनुहुन्न? के त्यसका महाराजा त्यहाँ हुनुहुन्न?” “तिनीहरूले किन आफ्ना मूर्तिहरूले र तिनीहरूका बेकामका विदेशी देवताहरूले मलाई रीस उठाएका छन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टाढाबाट मेरा मानिसहरूको चिच्याहट, मेरा मानिसहरूका क्रन्दन सुन्नुहोस्: “के याहवेह सियोनमा हुनुहुन्न? के सियोनको राजा अब त्यहाँ हुनुहुन्न?” “किन तिनीहरूले तिनीहरूका कुँदिएका मूर्तिहरू र तिनीहरूका काम नलाग्ने विदेशी मूर्तिहरूले मलाई रिस उठाएका छन्?”
Nepali ERV (पवित्र बाइबल)
मेरा मानिसहरूको चित्कार टाढोबाट सुन। तिनीहरू भन्छन्, “के परमप्रभु अझै सियोनमा हुनुहुन्छ? के सियोनका राजा अझ त्यहाँ हुनुहुन्छ?” तर परमेश्वर भन्नुहुन्छ, “यहूदाका मानिसहरूले बेकारका विदेशी देवताहरूलाई पूजे। तिनीहरूले मलाई क्रोधित पारे। तिनीहरूले किन त्यसो गरे?”