Jeremiah 8:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बटुलेर गाड्नुको सट्टा ती हाडहरू जमिनमा मलजस्तै पडिरहनेछन्। मानिसहरूले प्रेम गरी सेवा गरेका, सर-सल्लाह लिएका र पूजा गरेका घाम, जून र ताराहरूका सामुन्ने ती हाडहरू फिंजाइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले प्रेम गरेका, सेवा गरेका तथा तिनीहरूले पछ्याएका, मन्त्रणा गरेका र पूजा गरेका सूर्य, चन्द्र र आकाशका सारा नक्षत्रहरूकै सामुन्ने ती हाड़हरू खुला राखिनेछन्। ती जम्मा गरिनेछैनन्, न गाड़िनेछन्, तर ती जमिनमा मलजस्तै पड़िरहनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका हड्डीहरू घाम, जुन र आकाशका ताराहरूमुनि फिँजाइनेछन्, जसलाई तिनीहरूले प्रेम गरेका थिए, सेवा गरेका थिए; अनि जसलाई तिनीहरूले पछ्याएका थिए, त्यससँग सल्लाह मागेका थिए र पूजा गरेका थिए। ती हड्डीहरू बटुलिने छैनन्, अथवा गाडिनेछैनन्, तर ती हड्डीहरू जमिनमा जनावरका मलजस्तै फिँजाइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुसरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिजाएको गाईको गोबर जस्तै हुनेछ।