Jeremiah 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यस दुष्‍ट देशका बाँकी रहेका मानिसहरू, जसलाई मैले धपाई पठाएकोले छरिएर बसेका हुन्‍छन्, तिनीहरूले बाँच्‍नभन्दा मर्न नै रुचाउनेछन्। म सर्वशक्तिमान्‌ परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस दुष्‍ट प्रजाका सबै बाँकी रहेकाहरूले मैले तिनीहरूलाई धपाइदिएका सबै ठाउँहरूमा जीवनभन्‍दा मृत्‍यु नै रुचाउनेछन्, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जहाँ-जहाँ तिनीहरूलाई निर्वासनमा पठाउँछु, यस दुष्‍ट जातिका बाँचेकाहरू सबैले जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’
Nepali ERV (पवित्र बाइबल)
“म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाडन बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो।