Jeremiah 8:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा बुद्धिमान् मानिसहरू लाजमा पारिएका छन्, तिनीहरू अलमलिएका छन् र पासोमा परेका छन्। तिनीहरूले मेरो वचन इन्कार गरेका छन्, अब तिनीहरूको बुद्धि कस्तो होला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान् मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्। तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरेका हुनाले तिनीहरूमा कस्तो बुद्धि छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान्हरू शर्ममा पर्नेछन्; तिनीहरू हताश हुनेछन् र पासोमा पर्नेछन्। किनभने तिनीहरूले याहवेहको वचनलाई अस्वीकार गरेका छन्। तिनीहरूसँग कस्तो बुद्धि छ?
Nepali ERV (पवित्र बाइबल)
‘ज्ञानी मानिसहरूले’ परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे। यसकारण तिनीहरू वास्तवमा ‘ज्ञानी मानिसहरू’ होइनन्। ती ‘ज्ञानी मानिसहरूलाई’ जालमा फसाइएका छन्, अपमान गराइएका छन् र लज्जित पारिएका छन्।