Jeremiah 9:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, “पर्वतहरूको निम्ति म शोक गर्नेछु र खर्कहरूको निम्ति रुनेछु किनभने ती सुकिसकेका छन् र कोही पनि ती ठाउँबाट जाँदैनन्। त्यहाँ गाई-वस्तु कराएको आवाज सुनिंदैन, पशु-पक्षीहरू पनि भागिसकेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहाड़हरूका निम्ति म रुन्छु र विलाप गर्छु, मरुभूमिमा भएका खर्कहरूका निम्ति म विलाप गर्छु। ती उजाड़ पारिएका छन्, त्यसबाट भएर कोही पनि यात्रा गर्दैन, र गाई-गोरुहरूको सोर त्यहाँ सुनिँदैन। आकाशका पक्षीहरू भागेका छन्, र पशुहरू गइगएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पर्वतहरूका निम्ति रुनेछु र विलाप गर्नेछु; अनि मरुभूमिका खर्कहरूका निम्ति पनि विलाप गर्नेछु। ती खर्कहरू जलाएर भस्म पारिएका छन् र त्यहाँबाट कोही पनि हिँड्दैनन्; अनि त्यहाँ गाईबस्तुको आवाज पनि सुनिँदैन। आकाशका चराहरू सबै उडेर गइसकेका छन् र जनावरहरू पनि गइसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।