Jeremiah 9:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो बुझ्न सक्ने कुनचाहिँ ज्ञानी मानिस छ? यो कुरा घोषणा गरोस् भनी परमेश्वरले यस विषयमा कसलाई सिकाउनुभयो? किन यो देश विध्वंस भएर कसैले यात्रा गर्न नसकिने मरुभूमिजस्तै भयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो बुझ्ने कुन यस्तो बुद्धिमान् मानिस होला? कसलाई परमप्रभुले सिकाउनुभएको छ र त्यसले यो बुझाउन सक्छ? कोही त्यसमा भएर जान नसक्ने गरी किन देश मरुभूमिजस्तै नाश र उजाड़ भयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ?
Nepali ERV (पवित्र बाइबल)
के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि ध्वंस पारियो अनि सूखा मरूभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?