Jeremiah 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजाले मैले दिएको शिक्षा त्‍यागी मेरो आज्ञा उलङ्घन गरेर मैले भनेका कुरा नगरेका हुनाले यसो भएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले भन्‍नुभयो, “किनभने मैले तिनीहरूका सामुन्‍ने राखेका मेरो व्‍यवस्‍थालाई तिनीहरूले त्‍यागे। तिनीहरूले मेरो आज्ञापालन गरेका छैनन्, र मेरो व्‍यवस्‍थाबमोजिम तिनीहरू हिँड़ेका छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भन्‍नुभयो, “मैले तिनीहरूका अगि राखिदिएको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका कारण यी सबै कुरा भएका हुन्; तिनीहरूले मेरो आज्ञापालन गरेनन्, न त मेरो व्यवस्था नै पालन गरे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिड्दैनन्।