Jeremiah 9:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू वा तिनीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिहरूका बीचमा म तिनीहरूलाई तितरबितर पार्नेछु र तिनीहरू पूर्ण नाश नभएसम्म तिनीहरूका विरुद्धमा सेनाहरू पठाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न त तिनीहरूले न तिनीहरूका पिता-पुर्खाहरूले जानेका जातिहरूका बीचमा म तिनीहरूलाई छरपष्ट पार्नेछु, र तिनीहरूलाई नष्ट नपारुञ्जेल तरवार लिएर म तिनीहरूलाई खेद्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई, न तिनीहरूले, न त तिनीहरूका पितापुर्खाहरूले जानेका वा चिनेका जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु। म तिनीहरूलाई तिनीहरूको विनाश नहोउन्जेलसम्म खेद्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु।”