Jeremiah 9:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटो-बाटोमा छोरा-छोरीहरू मार्दै, बजारका चोकहरूमा युवाहरू ढाल्दै झ्यालबाट मृत्यु घरभित्र पस्यो, राजमहलभित्र पनि पस्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा बालकहरूलाई गल्लीदेखि, र हाम्रा जवानहरूलाई चोकहरूदेखि मृत्युले नाश गरेको छ। त्यो हाम्रा झ्यालहरूसम्मै चढ़ेर आएको छ र हाम्रा किल्लाहरूभित्र पसेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मृत्यु हाम्रा झ्यालहरूबाट चढेर आएको छ, र हाम्रा किल्लाहरूमा पसेको छ; यसले केटाकेटीहरूलाई बाटो-बाटोबाट र जवानहरूलाई चोक-चोकबाट नष्ट गरेको छ।
Nepali ERV (पवित्र बाइबल)
‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’