Jeremiah 9:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[25-26] परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो समय आउँदै छ, जब म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआबका मानिसहरू र आफ्नो देवताका निम्ति कपाल छोटो बनाउन खौरने मरुभूमिका मानिसहरूलाई दण्ड दिनेछु। यी जातिहरू लगायत इस्राएलीहरूको पनि हृदयको खतना भएको छैन। यी सबै जातिहरू बेखतनामा छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु घोषणा गर्नुहुन्छ: “समय आउँदैछ, जब म शरीरको मात्र खतना भएकाहरू तर यथार्थमा बेखतना भएका सबैलाई दण्ड दिनेछु—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु;
Nepali ERV (पवित्र बाइबल)
यो परमेश्वरबाट आएको सन्देश हो। “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।