Jeremiah 9:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक आफ्‍नो मित्रदेखि होशियार रहोस् र कसैले पनि आफ्‍नो दाजुभाइमा भरोसा नगरोस्। कारण दाजुभाइ याकूबझैँ छली छ र हरेकले आफ्‍नो मित्रको बदनामी गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्‍ना मित्रहरूदेखि होशियार बस। आफ्‍ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्‌छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका साथीहरूदेखि होसियार होओ; आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर। किनकि हरेक दाजुभाइहरू छली छन्; अनि हरेक साथी निन्दक छन्।
Nepali ERV (पवित्र बाइबल)
“आफ्ना छिमेकीहरूलाई नियाल। कुनै सम्बन्धीलाई विश्वास नगर। किन? किनभने हरेक सम्बन्धी कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।