Jeremiah 9:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबैले आफ्‍ना मित्रलाई छल्‍दछन्, कसैले साँचो बोल्‍दैनन्। तिनीहरूले आफ्‍नो जिब्रोलाई झूट बोल्‍न सिकाएका छन्। तिनीहरूले पाप गरिरहन्‍छन् र पश्‍चात्ताप गर्न शिथिल भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मित्रले मित्रलाई छल गर्छ, र कसैले पनि सत्‍य कुरा बोल्‍दैन। तिनीहरूले आफ्‍नो जिब्रोलाई झूट बोल्‍न सिकाएका छन्, र तिनीहरू पाप गर्दागर्दा थकित भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा मित्रले अर्को मित्रलाई छल गर्छ; अनि कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्; तिनीहरू पाप गरेर आफैँलाई थकित तुल्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँचो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुञ्जेल सम्म पाप गरे।