Jeremiah 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूका जिब्रा विषालु काँडझैँ छन्, तिनीहरूले सधैँ झूट बोल्दछन्। हरेकले आफ्नो छिमेकीसित मुखले त मीठो कुरा गर्छ तर मनले चाहिँ पासो थाप्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्यसले छलको कुरा बोल्दछ। हरेकले आफ्नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्यसको विरुद्ध ढुकेर पासो थाप्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका जिब्रा घातक काँड हुन्; ती जिब्राले छलको कुरा बोल्दछन्। तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्, तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।”
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।