Job 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ तपाईंले त्यसका जहान परिवार र धन-सम्पत्तिको रक्षा गर्नुभएको छ। त्यसका सबै काममा तपाईंले आशीर्वाद दिनुहुन्छ र सारा देश भरिने गरी त्यसलाई गाई-वस्तु दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष् दिनुभएको छ, अनि तिनका गाईबस्तुहरू देशभरि अनगन्ती बढ़ेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंले उसलाई, उसको परिवारलाई र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट घेरा लगाएर रक्षा गर्नुभएको छैन र? तपाईंले उसका हातका कामहरूमा आशिष् दिनुभएको छ, त्यसैकारण उसका बगाल र बथानहरू देशभरि फैलिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले सधैं उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेडाका बथानहरू फैलिएका छन्।