Job 1:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले त्यसलाई भन्नुभयो, “ठीक छ। त्यसका सबै थोक तेरो अधिकारमा दिएँ। खालि त्यसको जिउलाई चाहिँ तैँले हात नलगाउनू।” शैतान त्यहाँबाट निस्क्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले शैतानलाई भन्नुभयो, “लौ त, त्यसकहाँ जे-जति छन्, सबै तेरै हातमा भयो। केवल अय्यूबको शरीरलाई चाहिँ नछो।” तब शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले शैतानलाई भन्नुभयो, “ठिक छ, ऊसँग भएका सबै थोक तेरै हातमा छन्, तर त्यस मानिसमाथि चाहिँ, औँलाले समेत छुन पाउँदैनस्।” तब शैतान याहवेहको उपस्थितिबाट गइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस् गर। तर उसको शरीरलाई चोट नपुर्या।” तब शैतान परमप्रभुदेखि टाढा गयो।