Job 1:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले बोल्दाबोल्दै अर्को नोकर आएर भन्यो, “भेडा र गोठालाहरूलाई चट्याङ्गले मार्यो। तपाईंलाई खबर दिन म मात्र बाँचेर आएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो बोल्दाबोल्दै अर्को समाचारवाहक आइपुग्यो। त्यसले भन्यो, “परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्म पार्यो। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो बोल्दाबोल्दै अर्को दूत पनि आयो र भन्यो, “आकाशबाट परमेश्वरको आगो बर्सियो, र त्यसले भेडाहरू र नोकरचाकरहरूलाई भस्म पार्यो, र म मात्र उम्केँ, तब तपाईंलाई यो खबर बताउन आएको हुँ!”
Nepali ERV (पवित्र बाइबल)
त्यो सन्देश-वाहक बोलिरहेकै बेला अर्को सन्देश-वाहक अय्यूबकहाँ आई पुग्यो। त्यो दोस्रो सन्देश-वाहकले भन्यो, “आकाशबाट आएको चट्याङले तपाईंको सारा भेडाहरू र नोकरहरू मार्यो। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”