Job 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले भनिनसक्दै अर्को नोकर आएर भन्‍यो, “तीन दल कल्‍दी छापामारहरूले हामीमाथि हमला गरे र ऊँटहरू लुटेर लगे। मबाहेक अरू सबै तपाईंका नोकरहरूलाई तिनीहरूले मारे। तपाईंलाई खबर दिन बाँचेर आउने म मात्र भएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो बोल्‍दाबोल्‍दै अर्को एक जना आएर भन्‍यो, “कल्‍दीहरूले छापा मार्ने तीन दल बनाए र तपाईंका ऊँटहरू आक्रमण गरी लगे। तिनीहरूले नोकरहरूलाई मारे र तपाईंलाई समाचार दिनलाई म मात्र उम्‍कें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो बोल्दाबोल्दै अर्को दूत पनि आइपुग्यो र भन्यो, “कल्दीका तीन दल छापामारहरू आए, र तपाईंका ऊँटहरूलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई पनि तरवारले मारे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
Nepali ERV (पवित्र बाइबल)
त्यो सन्देश-वाहक बोलिरहेको बेला अर्को सन्देश-वाहक आई पुग्यो। त्यो तेस्रो सन्देश-वाहकले भन्यो, “कल्दीहरूले तीन सैन्यदलहरू पठाए। तिनीहरूले हामीमाथि आक्रमण गरे अनि सारा ऊँटहरू लगे। तिनीहरूले नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”