Job 1:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला मरुभूमिबाट आँधी-बेहरी आयो र घरै भत्काइदियो र तपाईंका छोरा-छोरीहरू सबै मरे। तपाईंलाई खबर दिन म मात्र बाँचें।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै बेला मरुभूमिबाट अचानक आँधीबेहरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो। अनि समाचार दिन म मात्र उम्कें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अचानक मरुभूमिबाट एउटा ठूलो आँधीबेहरी आयो, र घरका चारै कुनामा बजारियो र त्यो तिनीहरूमाथि ढल्यो, र तिनीहरू मरे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
Nepali ERV (पवित्र बाइबल)
तब एक जोडदार हावा मरूभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”