Job 1:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो र परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भूइँमा घोप्टो परेर दण्डवत् गरी भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ, र नाङ्गै फर्केर जानेछु। याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो; याहवेहको नामको प्रशंसा होस्।”
Nepali ERV (पवित्र बाइबल)
उनले भनेः “जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”