Job 10:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले सधैँ मेरो विरुद्धमा केही न केही नयाँ गवाही निकाल्नुहुन्छ। ममाथि तपाईंको क्रोध बढिरहन्छ। कुनै नयाँ हिसाबले मलाई चोट पुर्याउन तपाईं सधैँ उपाय गरिरहनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं मेरो विरुद्धमा नयाँ साक्षी ल्याउनुहुन्छ, र मप्रति रीस बढ़ाउनुहुनेछ। मेरो विरुद्धमा तपाईंका लहर-लहर फौज आउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ, र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ; तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै तपाईंले ममाथि रीस घरि-घरि देखाउनु हुन्छ।