Job 11:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तपाईंलाई भन्‍नुहुनेथियो कि बुद्धिका पनि धेरै रूप हुन्‍छन् र धेरै कुराहरू मानिसका ज्ञानले बुझ्‍न नसक्‍ने हुन्‍छन्। तपाईंले पाउनुपर्नेभन्दा थोरै नै दण्‍ड परमेश्‍वरले तपाईंलाई दिँदै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तपाईंका बुद्धिका रहस्‍यहरू खोलिदेऊन्। किनकि सत्‍य बुद्धिका दुई पक्ष छन्‌। यो जान्‍नुहोस्‌ परमेश्‍वरले तपाईंका कति वटा पाप भुलिसक्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनुहुन्थ्यो; किनकि साँचो बुद्धिका दुई पक्ष हुन्छन्। यो कुरा बुझिराख्नुहोस्; परमेश्‍वरले तपाईंका केही पापहरू बिर्सिसक्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।