Job 12:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले भत्काउनुभयो भने कसले फेरि बनाउन सक्ला र? परमेश्वरले कैदमा हाल्नुभयो भने कसले त्यसलाई छुटाउन सक्ला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भत्काउनुभयो भने त्यो पुनर्निर्माण हुँदैन, उहाँले कैद गर्नुभएको मानिसको छुटकारा हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन; उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्। यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने मानिसले त्यसलाई मुक्त पार्न? सक्दैनन्।