Job 12:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूले दु:ख पाउनुभएको छैन र पनि मेरो हाँसो गर्नुहुन्छ। ढल्न लागेको मानिसलाई तपाईंहरूले हिर्काउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुखमा बस्ने मानिसहरू दुर्भाग्यलाई घृणा गर्दछन्। चिप्लन लागेका पाउजस्तै तिनीहरू हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्; र खुट्टा चिप्लनेहरूका खुट्टा तान्ने गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन। जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।