Job 16:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त आराममा बसेको थिएँ, तर उहाँले मेरो गला अँठ्याउनुभयो; मलाई पिट्नुभयो र धुलो-पिठो पार्नुभयो र मलाई निशाना बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म ता आराममा बसिरहेको थिएँ, तर उहाँले ममाथि आक्रमण गरेर लुछ्नुभयो। उहाँले मलाई घिच्रोमा अँठ्याएर धुजा पार्नुभयो, उहाँले मलाई आफ्नो तारो बनाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै कुरा मसँग ठिकठाक थियो, तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ; उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो। उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ;
Nepali ERV (पवित्र बाइबल)
जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो।