Job 16:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तपाईंहरू र मैले ठाउँ साटासाट गर्न पाएदेखि तपाईंहरूले भनेका कुरा म पनि भन्न सक्थें। म पनि टाउको हल्लाई-हल्लाई शब्दको भेल तपाईंहरूमाथि छोडिदिनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तपाईंहरू र मैले आफ्नो स्थान साटासाट गरेको भए त म तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, तपाईंहरूका विरुद्धमा राम्रा-राम्रा भाषण दिन सक्थें, म मेरो औँला तपाईंहरूलाई ठड्याउनेथिएँ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए, म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ; र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्लाउँदै हाँसो उडाउने थिएँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें यदि तिमीहरूसँग मेरो जस्तै संकटहरू भए। म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थे अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।