Job 18:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो रिसले तपाईंले आफैंलाई चोट लाउँदै हुनुहुन्छ। तपाईं रिसाउँदैमा के पृथ्वी खाली हुने हो र? तपाईंलाई शान्त गराउन के चट्टानहरू हट्ने हुन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं जसले रीसमा आफूलाई छिया-छिया पार्नुहुन्छ के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने? अथवा पहराहरू तिनीहरूका ठाउँबाट हटाउनु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं जसले आफ्नो रिसमा स्वयम्लाई टुक्रा-टुक्रा पार्नुभएको छ; के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिनुहुन्छ? अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?