Job 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूबले जवाफ दिए, “तिमी मूर्ख कुरा गर्दछ्यौ, के हामीले परमेश्‍वरबाट असल कुरा मात्र थाप्‍ने र दु:खको कुरा नथाप्‍ने?” जस्‍तै दु:ख पाए पनि अय्‍यूबले परमेश्‍वरको विरुद्धमा केही बोलेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अय्‍यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्‍तै कुरा गर्दछ्यौ। परमेश्‍वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्‍यूबले पाप गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै कुरा गरिरहेकी छौ। के हामीले परमेश्‍वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?” यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले संकटहरू पनि ग्रहण गर्नपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरूद्ध बोलेनन्।