Job 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूबका तीन जना मित्रहरू थिए, तेमान सहरका एलीपज, शुही देशका बिल्‍दद र नामा देशका सोपर। अय्‍यूबलाई परेको विपत्तिहरूबारे सुनेपछि तिनीहरू गई उनलाई सान्‍त्‍वना दिने सल्‍लाह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अय्‍यूबका तीन जना मित्र, एलीपज तेमानी, बिल्‍दद शुही र सोपर नमातीले तिनीमाथि आइपरेका यी विपत्तिका कुरा सुनेपछि सहानुभूति प्रकट गर्न र तिनलाई ढाड़स दिन आ-आफ्‍ना घरबाट सँगै मिलेर आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब इयोबका तीन मित्र एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीमाथि आएका सबै विपत्तिको बारेमा सुने; तब तिनीहरू एकसाथ भेला भई तिनलाई सहानुभूति देखाउन र सान्त्वना दिन आ-आफ्ना घरबाट निस्के।
Nepali ERV (पवित्र बाइबल)
अय्यूबका तीनजना साथीहरू थिए। तेमानीका एलीपज, बिल्ददबाट शुही अनि नमातीबाट सोपर। ती तीनजना साथीहरूले अय्यूबमाथि जो आपतहरू घटेका थिए ती सबै सुने। तिनीहरूले आफ्ना घरहरू छाडे अनि एक-अर्कालाई भेटे। आफ्ना सहानुभूति देखाउनु र सान्त्वना दिनका लागि अय्यूबलाई तिनीहरूले एक साथ भेट्न राजी भए।