Job 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्यूबले कति दु:ख पाएका थिए, सो तिनीहरूले देखे। त्यसकारण तिनीहरू अय्यूबसँगै भूइँमा बसे र एक शब्द नबोली सात दिन र सात रात बिताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू सात दिन सात रात भूइँमा तिनको छेउमा बसे। अनि तिनीहरूमध्ये कसैको मुखबाट एक शब्द पनि निस्केन, किनभने तिनीहरूले देखे उनको कष्ट कति ठूलो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू सात दिन र सात रातसम्म इयोबसँगै भुइँमा बसे। तिनीहरूमध्ये कसैले तिनीसित एक शब्द पनि बोलेनन्; किनकि तिनले साह्रै ठूलो पीडा भोगिरहेको तिनीहरूले देखे।
Nepali ERV (पवित्र बाइबल)
तब ती तीनजना साथीहरू अय्यूबसँग सात दिन सात रातसम्म भूईंमा बसे। तिनीहरू कसैले पनि अय्यूबलाई एक शब्द पनि भनेनन् किनभने तिनीहरूले अय्यूबलाई सही नसक्ने पीडाले ग्रस्त पारेको बुझे।