Job 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शैतान परमप्रभुको सामुबाट बिदा भयो। त्‍यसले अय्‍यूबको शरीरमा शिरदेखि पैतालासम्‍म घाउ-खटिरा उब्‍जाइदियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शैतान परमप्रभुको सामुन्‍नेबाट निस्‍क्‍यो। त्‍यसले अय्‍यूबको पैतालादेखि टाउकोसम्‍म कष्‍टप्रद खटिरा उब्‍जाइदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शैतान याहवेहको सामुबाट निस्केर गइहाल्यो, र त्यसले इयोबको शिरको थाप्लोदेखि खुट्टाको पैतालासम्मै पीडादायी घाउखटिराहरूले प्रहार गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो।