Job 20:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले सञ्चय गरेको धन-सम्पत्ति नाश हुनेछ। मानिसका हातले नसल्काएको आगोले त्यसलाई र त्यसका परिवारलाई भष्म पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्ण अन्धकारले त्यसको सम्पत्तिलाई पर्खिरहनेछ, प्रचण्ड आगोले त्यसलाई भस्म पार्नेछ, र त्यसका पालमा बाँकी भएका कुराहरूलाई नाश गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ; नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ; र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
उसका सारा धन सम्पत्ति नष्ट हुनेछ। आगोले उसलाई ध्वंश गर्ने छ जुन आगो मानिस तथा प्राणीले शुरू गरेको होइन्। आगोले उसका घरमा बाँकी रहेका सारा सामानहरूसम्म जलाएर खरानी बनाउँनेछ।