Job 24:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीबहरूले जङ्गली गधाहरूझैँ सुख्खा उजाड-स्थानहरूमा खानेकुरा खोज्दछन्। आफ्ना छोरा-छोरीको निम्ति तिनीहरूले कतै खानेकुरा पाउन सक्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहारको लागि वन-गधा वनमा घुमफिर गरेझैँ गरीबहरू खाना खोज्न जान्छन्, उजाड़-स्थानले तिनीहरूका छोराछोरीहरूको लागि भोजन जुटाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै, गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्; तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरूभूमिमा घुमिरहेका छन। भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुञ्जेलसम्म काम गर्छन्।