Job 26:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी त उहाँको शक्तिको एक झलक मात्र हुन्‌, उहाँको मधुरो सोर मात्र हो। उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, हामीले सुन्‍ने उहाँको मधुर सोर कति मधुरो छ। तब उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै त उहाँका कामहरूको एक झलक मात्र हुन्; हामी उहाँका कामको कानेखुसी मात्र सुन्छौँ! त्यसो भए उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?”
Nepali ERV (पवित्र बाइबल)
यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन। हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छुँ। परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”