Job 28:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू बस्ने वा तिनीहरू हिँड्ने बाटोदेखि टाढा तिनीहरूले जमिनमा सुरुङ्ग खन्छन् र त्यहाँ तिनीहरूले डोरीमा झुण्डिएर एकान्तमा काम गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढ़ामा, अथवा मानिसहरूका खुट्टाले नटेकेको ठाउँमा उसले खानीमा तल जाने प्वालहरू खन्छ, त्यहीँ ऊ एकान्तमा, डोरीमा झुण्डिएर सुरुङमा काम गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानव वासस्थानदेखि टाढा, मानिसहरूका खुट्टाले नटेकेका ठाउँहरूमा सुरुङ खन्छन्; अरू मानिसहरूबाट टाढा डोरीमा झुण्डिन्छन् र हल्लिँदै धातु खनेर निकाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्। तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।