Job 3:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस दिनलाई निराशा र घोर अन्धकारले छोपोस्; बादलले त्यसलाई ढाकोस् र घाम त्यहाँ नलागोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्धकार र मृत्युको छायाले त्यो रातलाई छोपोस्। बादलले त्यस दिनलाई ढाकोस्। त्यसको उज्यालोलाई अन्धकारले निभाइदेओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्; त्यस दिनमाथि बादल छाओस्; र घोर अन्धकारले भयभीत पारोस्।
Nepali ERV (पवित्र बाइबल)
म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्।