Job 31:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा कुरा के कसैले सुन्दैन? म किरिया खाई भन्छु कि मेरा एकएक कुरा सत्य छन्। म चाहन्छु कि सर्वशक्तिमान् परमेश्वर आफैंले यी कुराका जवाफ देऊन्। मेरो विरुद्धमा बैरीहरूले दोष-पत्र लेखेको र ती मैले देखेको भए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(म जे भनिरहेछु कसैले सुनिदिने भए ता, म शपथ खाएर भन्दछु, कि एक-एक कुरा सत्य छ, सर्वशक्तिमान् परमेश्वरले जवाफ देऊन्! मेरा विरोधीहरूले मेरो विरुद्धमा ल्याएका दोषहरू लेखिदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त! अब म आफ्नो बहसमा हस्ताक्षर गर्छु—सर्वशक्तिमान्ले नै मलाई जवाफ देऊन्; मलाई अभियोग लगाउनेहरूले आफ्नो दोषपत्रमा लेखेर देऊन्।
Nepali ERV (पवित्र बाइबल)
अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु। मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्। म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्। म इच्छा गर्छु कि मैले जे कुकर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्।