Job 40:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेगले ओर्लिआउने नदीसित त्‍यो डराउँदैन, यर्दन नदी त्‍योतिर बौलाएर बहिआयो भने पनि त्‍यो ढुक्‍क मानी बसिरहन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नदी उर्लेर आयो भने पनि त्‍यो डराउँदैन, समुद्रमा भल बढ़ेर आयो भने पनि त्‍यो लमतन्‍न पस्रिरहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वेगसँग उर्लेर आएको नदीलाई देखेर त्यो डराउँदैन; यर्दन नदीको भेल त्यसको विरुद्ध मुखैमा उर्लेर आए तापनि त्यो सुरक्षित रहन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन। यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।