Job 42:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्यूबका सबै दाजुभाइहरू, दिदी-बहिनीहरू र अघिका साथीहरू उनीकहाँ आए र उनको घरमा उनीसित भोज खाए। परमप्रभुले उनीमाथि ल्याउनुभएका सबै कष्टको निम्ति तिनीहरूले उनलाई समवेदना प्रकट गर्दै सान्त्वना दिए। तिनीहरू एकएक जनाले उनलाई केही चाँदीका टुक्रा र एक-एक वटा सुनका औँठी दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदी-बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे, र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाहरूका निम्ति तिनीहरूले तिनलाई समवेदना र सान्त्वना प्रकट गरे। अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि इयोबका सबै दाजुभाइ तथा दिदीबहिनीहरू र तिनलाई पहिलेका चिनजानहरू तिनको घरमा तिनीसँग भेटघाट गर्न आए, र तिनीसँग तिनको घरमा भोज गरे। याहवेहले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिका निम्ति तिनीहरूले तिनीसँग विलाप गरे, र तिनलाई समवेदना र सान्त्वना दिए; अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए।
Nepali ERV (पवित्र बाइबल)
तब अय्यूबका सारा दाज्यू-भाइ र दिदी-बहिनीहरू साथै अय्यूबलाई चिन्ने जान्ने सबै मानिसहरू उसको घरमा आए। तिनीहरूले अय्यूबसँग ठूलो भोज खाए तिनीहरूले अय्यूबलाई सान्त्वना दिए कारण परमप्रभुले अय्यूबलाई धेरै कष्ट दिनु भएको थियो। प्रत्येक मानिसले अय्यूबलाई चाँदीको टुक्रा र सुनका औंठी उपहार दिए।