Job 42:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले अय्‍यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समय भन्दा बढी आशिष् दिनुभयो। अय्‍यूबचाहिँ चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाका मालिक भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक परमप्रभुले अय्‍यूबको जीवनको पछिल्‍लो समयलाई अघिल्‍लो समयभन्‍दा बढ़ी आशिष्‌ दिनुभयो। तिनका चौध हजार भेड़ा, छ हजार ऊँट, हजार हल गोरु र एक हजार गधा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इयोबको जीवनको पछिल्‍लो समयलाई पहिलेको भन्दा अझ बढी आशिष् दिनुभयो। तिनीसँग चौध हजार भेडाबाख्रा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशिर्वाद दिनुभयो। अय्यूबले 14,000 भेडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए।

Recommended Reading