Job 42:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जान्‍दछु, परमप्रभु, तपाईं सर्वशक्तिमान् हुनुहुन्‍छ। तपाईं जे चिताउनुहुन्‍छ, त्‍यो गर्न सक्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईं सबै कुरा गर्न सक्‍नुहुन्‍छ भनी म जान्‍दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म जान्दछु, तपाईंले सबै कुराहरू गर्न सक्नुहुन्छ; तपाईंका कुनै पनि उद्देश्य रोक्न सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु, म जान्दछु तपाईंले सब कुराहरू गर्न सक्नु हुन्छ। तपाईंले योजनाहरू बनाउनु हुन्छ, अनि कसैले पनि परिवर्तन गर्न वा रोक्न सक्तैन।