Job 42:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ख कुरा गरेर मेरो योजनालाई विफल पार्न खोज्ने तँ को होस् भनी तपाईंले सोध्नुहुन्छ। साँच्चै आफूले नबुझेका कुरा अथवा नजानेका अचम्मका कुराबारे मैले बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले सोध्नुभयो, ‘ज्ञानैविना मेरा सल्लाहलाई कसले धमिलो बनाउँछ?’ निश्चय मैले त आफैले नजानेका महान् कामहरूका विषयमा कुरा गरेको छु, मैले जान्न नसक्ने साह्रै अचम्मका कुराहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई सोध्नुभयो, ‘त्यो को हो, जसले ज्ञानविना मेरो योजनालाई अस्पष्ट पार्दछ?’ साँच्चै मैले नबुझेका कुराहरू बोलेँ, मैले जान्नै नसकेका अचम्मका कुराहरू बोलेँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, तपाईंले यो प्रश्न सोध्नुभयोः ‘को अज्ञानी मानिस हो जसले यस्ता अर्थहीन कुराहरू गर्यो?’ परमप्रभु, मैले ती कुराहरूको बारे बोलें जुन मैले बुझिनँ। मैले ती कुराहरू भनें जुन मेरो लागि बुझ्नु अति अचम्मित थियो।